जापानका प्राथमिक स्कुल १ कक्षाका बिध्यार्थीहरुको १ दिन /१ हप्ता

बिहान साढे आठ ८:३० बजे सम्ममा स्कुल पुग्छन | बिद्यालय अनुसार थोरै फरक पनि हुन्छ |

स्कुल जाँदा एक्लै नभयर घर नजिकैको स्थानमा जम्मा भै सबै जना संगै स्कुल जाने चलन बढी छ |सबै जना संगै स्कुल जाने प्रक्रियालाई सामुहिक बिद्यालय उपस्थिति भनेर भनिन्छ |

पहिलो कक्षा संचालन हुनु भन्दा अगाडी बिहान को बैठक गरिन्छ | बिहान को बैठकमा गृहकार्य जम्मा गर्ने साथै शिक्षकले उक्त दिनमा गरिने कुराहरुको जानकारी गराउदछन् |

बिहानको समयमा ४ वटा कक्षाहरु हुन्छन | हरेक कक्षा पछी १० मिनेट जति ब्रेक (बिश्राम गर्ने समय ) हुन्छ | दोश्रो र तेश्रो कक्षाको बिचमा २० मिनेट जतिको अलिकति लामो ब्रेक (बिश्राम गर्ने समय ) हुन्छ |

बिहान र दिउँशो को कक्षाको बिचमा खाजा खाने समय हुन्छ | खाजा खाइ सकेपछी ३० मिनेट जति अलिकति लामो ब्रेक (बिश्राम गर्ने समय ) हुन्छ | ब्रेक (बिश्राम गर्ने समय ) सकिएपछी सबै जना मिलेर सरसफाई गरिन्छ | सधै प्रयोग गरिने कक्षाकोठा तथा प्यासेज आदि सफा पारिन्छ |

दिउँशो पाँचौं कक्षा संचालन हुन्छ | भर्खर भर्ना भएको समयमा कहिले कहिँ नहुन पनि सक्छ |

दिउँशो को कक्षा सकिसकेपछी घर फर्किने बैठक गरिन्छ | घर फर्किने बैठकमा शिक्षक द्वारा सुचना तथा अर्को दिनको गृहकार्य आदिको बारेमा जानकारी गराइन्छ |

घर फर्किंदा सबैजना संगै फर्किन्छन |

प्रायजसो सबै प्राथमिक बिद्यालयहरुमा सोमबार, मंगलबार, बुधबार, बिहिबार तथा शुक्रबार पठन पाठन को कक्षा संचालन गरिन्छ | शनिवार, आइतबार तथा बिदाका दिन हरुमा कक्षा संचालन हुँदैन | बिदाको दिन भन्नाले जापान सरकारले निर्धारण गरेको बिशेष दिन भएको हुनाले उक्त दिन पनि बिदा हुन्छ

よかったらシェアしてね!
  • URLをコピーしました!
  • URLをコピーしました!
目次
閉じる