स्वास्थ्य कक्ष(होकेन सिचु) भनेको के हो?=

तपाईं ले सबै जना सँगै पढ्ने कोठालाई कक्षा कोठा भनिन्छ।

बिद्यालयमा कक्षाकोठा को अतिरिक्त, विभिन्न विशेष कोठाहरू हुन्छन।

सधैं शिक्षकहरु जम्मा हुने कोठालाई स्टाफ/कर्मचारी कोठा भनिन्छ।

पुस्तकालय धेरै पुस्तकहरू भएको ठाउँ हो।

म्युजिक रुम भनेको वाद्य बजाउने र गीत गाउने कोठा हो।

चित्र कोर्ने , केहि चिज/ बस्तु बनाउने बेलामा कला तथा शिल्प कोठामा गइन्छ। त्यसको निमित्त उक्त कोठामा धेरै उपकरणहरु राखिएका हुन्छन।

आज हामी स्वास्थ्य कक्ष को बारेमा कुरा गर्नेछौं।

यदि तपाइँ स्कूलमा लड्नु भयो र चोटपटक लागेको बखत अर्थात् टाउको तथा पेट दुखेको बेलामा स्वास्थ्य कक्ष मा जानु पर्दछ।

एकजना स्वास्थ्यकर्मी सधै स्वास्थ्य कक्ष मा हुनुहुन्छ। दयालु पुर्बक कुराहरु सुन्नुहुन्छ।

स्वास्थ्य कक्षमा ब्यान्ड-एड, ब्यान्डेज र औषधिहरू राखिएका हुन्छन।

त्यहाँ थर्मामीटर, उचाइ नाप्ने, र वजन मापन गर्ने बस्तुहरु पनि राखिएका हुन्छन। । बेड/ओछ्यान पनि राखिएको हुन्छ।

तपाईं बिरामी हुँदा केही समय ओछ्यानमा आराम गर्न सक्नुहुन्छ।

सन्चो भए पछि आफ्नो कोठामा फर्किनु पर्दछ। स्वास्थ्य अबस्थामा सुधार नभएको खण्डमा घर फर्किन सकिन्छ। एकदमै खराब भएको खण्डमा स्वास्थ्यकर्मी शिक्षक संगै अस्पताल जानु पर्ने पनि हुन्छ।

तपाईंको स्वास्थ्य शिक्षकले तपाईंको लागि के गर्ने भनेर तपाईं संगै सल्लाह गरेर सोचेर काम गर्नुहुन्छ। ।

स्वास्थ्य शिक्षक विद्यालय का बालबालिकाहरुको स्वास्थ्य को विशेषज्ञ हुनुहुन्छ।

यदि तपाइँ तपाइँको दैनिक विद्यालय जीवनमा कुनै समस्या भएको खण्डमा वा तपाइँ लाइ कुनै असहज महसुस भएको खण्डमा तपाइँले स्वास्थ्य शिक्षक संग परामर्श गर्नु उपयुक्त हुन्छ।

よかったらシェアしてね!
  • URLをコピーしました!
  • URLをコピーしました!
目次
閉じる