प्राथमिक बिद्यालय/इलेमेन्टरी स्कुल को १ वर्ष को अबधि

जापानको प्राथमिक बिद्यालय/इलेमेन्टरी स्कुल अप्रिल देखि नयाँ सत्र को शुरुवात हुन्छ |

अप्रिलमा भर्ना भै सकेपछी जुलाई को गर्मि बिदा सम्म को अवधिलाई पहिलो सेमेस्टर भनिन्छ |

अप्रिलमा, “प्रवेश/भर्ना समारोह” र “शरीर मापन” हुन्छ । शरीर मापनमा  उचाइ, तौल, आँखाको ज्योति, सुन्न सक्ने क्षमता आदि नापिन्छ ।

मे महिनामा बसन्त ऋतु को शैक्षिक भ्रमण हुन्छ |  शैक्षिक भ्रमणमा खाना लियर गइन्छ |खाना चाहिं स्कुल बाट नभई अभिभावक हरुले बनाउँदछन् | त्यसै गरि घरमा विद्यार्थीको आनीबानी आचरण कस्तो छ भनि बुझ्न को निम्ति शिक्षकहरु बिद्यार्थी को घर मा गइ अभिभावकहरु बाट बुझछन साथै स्कुलमा बिद्यार्थी को आनीबानी साथै आचरण को बारेमा अभिभावकलाई जानकारी गराउंदछन् |जुन महिना बाट स्विमिंग को कक्षा संचालन हुन्छ | स्विमिंग को कक्षा नभएको प्राथमिक/ इलेमेन्टरी स्कुलहरु पनि हुन्छन |

 जुलाईको मध्य भाग देखि गर्मि बिदा सुरु हुन्छ | गर्मि बिदाको समयमा कक्षा संचालन हुँदैन | स्कूलबाट गृहकार्य भएको हुँदा बिदाको अबधिभर सक्नु पर्दछ |

सेप्टेम्बर देखि डिसेम्बर को जाडो बिदा सुरुवात हुने बेला सम्म को अवधिलाई दोश्रो सेमेस्टर भनिन्छ |

सेप्टेम्बरमा, नयाँ सेमेस्टर को सुरुवात समारोह” र “शरीर मापन” हुन्छ ।

अक्टोबरमा खेलकुद समारोह गरिन्छ | खेलकुद समारोहमा अभिभावक पनि हेर्न जानुहुन्छ |

नोभेम्बर मा सांस्कृतिक महोत्सब हुन्छ | गाकुस्यू हाप्योकाइ भनेर नाम दिने स्कुलहरु पनि रहेका छन् |

डिसेम्बर मा म्याराथुन खेल हुन्छ | साथै डिसेम्बर को मध्ये देखि जाडो बिदा सुरु हुन्छ |

जनवरीमा जाडो बिदा सकियर नयाँ सेमेस्टरको सुरुवात हुन्छ |

जनवरी देखि मार्च को समापन समारोह सम्म को अवधिलाई तेश्रो सेमेस्टर भनेर भनिन्छ |

मार्चमा कक्षा ६ का बिद्यार्थीहरुको ग्राजुएशन समारोह हुन्छ | १ कक्षा देखि ५ कक्षा सम्म समापन समारोह हुन्छ | समापन समारोह सकिसकेपछी बसन्त ऋतुको बिदा हुन्छ |

よかったらシェアしてね!
  • URLをコピーしました!
  • URLをコピーしました!
目次
閉じる